Breaking

देशभर ३३२ संक्रमित थपिए, चार जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ९९३ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५१३ पुगेको छ ।

त्यस्तै आज थप २३२ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या आठ लाख १ हजार १२२ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित ७ हजार ३६९ रहेका छन् ।