Breaking

देशभर १ हजार ५६२ संक्रमित थपिए, १९ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ४४३ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८० र एन्टिजेन विधिबाट गर्दा ३८२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ४२ हजार ३०६ कोरोनामुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेका छन् ।