Breaking

देशभर १ हजार ४८६ संक्रमित थपिए, १६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १४९ र एन्टिजेन विधिबाट गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ४० हजार ७१७ कोरोनामुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेका छन् ।