Breaking

देशभर नौ सय ११ संक्रमित थपिए, १३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नौ सय ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १८ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९४९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ३९ हजार ४५७ कोरोनामुक्त भएका छन् ।

नेपालका हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेका छन् ।