Breaking

देउवा निकट नेताहरुसँग छलफल गर्दै


काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँ छलफल गर्दैछन् । महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउँसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवा निकट एक नेताका अनुसार दिउसो बस्ने बैठकमा एउटा धारणा तय गर्नका लागि छलफल गर्न लागिएको हो । उनका अनुसार अहिले केहीबेरमा बूढानीलकण्ठमा देउवाले छलफल गर्दैछन् ।

देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन् ।