Breaking

दिल्ली जानुअघि खनाल र ओलीबीच लामो फोन संवाद


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ्य लाभको शुभकामना दिएका छन् । ओलीले खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना दिएका हुन् ।


खनाललाई बुधबार थप स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालले उनलाई ुपोष्ट कोभिडु समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो। तर उनमा पोष्ट कोभिडभन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको थियो।

दिल्ली जानु अघि उनलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि भेटका थिए । स्वास्थ्य लाभकै कामनउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गरेका थिए। ुप्रधानमन्त्रीले पनि विष्णु कमरेडकै फोनबाट कुरा गर्नु भयो,ु खनालको सचिवालयका अच्युत खनालले भने, ‘उहाँहरुबीच लामो कुरा भयो। के के कुरा गर्नु भयो भन्ने हामीलाई थाहा भएन।’

अस्पताल स्रोतका अनुसार खनालको मृगौलामा समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको पनि जनाइएको छ। खनालको रगत र पिसावमा समेत इन्फेक्सन देखिएको छ। २०७१ सालमा खनालको जोन हिकिन्ङस अस्पताल अमेरिकामा मुत्रनलीमा पलाएको मासुको शल्यक्रिया गरिएको थियो। खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी वैशाख २७ गते कोरोना मुक्त भएका थिए।