Breaking

‘दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस्’


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताएका हुन् । एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।