Breaking

दशैंमा बेहोसी तालमा मासु नखाऔं ,कुन बिरामीले कस्तो मासु खाँदा हुन्छ उपयुक्त


काठमाडौँ – केही वर्षअघिसम्म नेपालमा भारतीय खसीबोकाको भर परेर दशैं मनाउनु पर्ने बाध्यता थियो । तर अहिले स्थिति बदलिएको छ । तपाईलाई थाहा नहुन सक्छ, तर यो सत्य हो कि मुलुक खसीबोकामा लगभग आत्मनिर्भर बनिसकेको छ । नेपालमा उपभोग हुने मध्ये ९५ प्रतिशत खसीबोका स्वदेशी उत्पादन नै हुन् ।
नेपालमा ठूला ठूला व्यवस्थित बाख्रा पालन केन्द्रहरु त छैनन्, तर जे जति वा जुन तरिकाले खसीबोका पाल्ने गरिएको छ, त्यसबाट मुलुक खसी बोकामा आत्मनिर्भर बनेको छ ।
पशु सेवा विभागले जनाएअनुसार नेपालमा १ करोड २५ लाख को संख्यामा बाख्रा प्रजातिका पशुहरु छन् । जसमध्ये वर्षमा नेपालीहरुले उपभोगका लागि ३३ लाख खसी बोका बर्सेनि काट्छन् ।