Breaking

२ हजार ८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

१ हजार ४७५ संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ७१५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६३७ पुगेको छ ।