Breaking

ताईवानको विषयमा नेपाल कस्को पक्षमा ? दौडधुप बढाउँदै राजदुत यान्छी, चीन किन सशंकित ?


काठमाडौँ — ताईवानमा विश्वका शक्ती राष्ट्रहरु अमेरिका र चिनको शक्ती टकरावको विषयले अहिले विश्व राजनीतिक तरंगीत बनेको छ । यस विषयमा दुवै देश अहिले आफ्नो पक्षमा समर्थन जुटाउने रस्साकस्सीमा छन । यो विचमा चीनले आफ्नो समर्थन गर्न नेपाललाई सार्वजनिक रुपमै अपिलगरिसकेको छ । यस्तो अवस्थामा नेपाल के गर्छ भन्ने विषयमा आमचासो बढेको छ ।

ताइवानको विषयलाई लिएर दुई शक्ति राष्ट्र महारथी चीन र अमेरिकाबीच टकराव बढेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमणको मिती तय गरेर अमेरिकाबाट विमानमा चढेदेखि शक्ति प्रदर्शन गरेको चीनले अहिले सम्म त्यसलाई रोकेको छैन ।विश्व व्रमाण्डका यी माहारथीबीचको बैचारिक बेमेल यतिकै सेलाउने छाट देखिदैन भने पेलोसीको ताइवान भ्रमण देखि आँखा समेत झिमिक्क नगरी अर्जुन दृष्टी लगाएको चीनले पछि नहट्ने संकेत गरेको छ ।

आफ्नो निरन्तरको चेतावनीका बाबजुद् न्यान्सी पेलोसीले ताइवान भ्रमण नरोकेपछि रुष्ट बनेको चीनले उनिमाथि प्रतिवन्धको घोषणा गरेको छ । यसले पनि अमेरिकाका सामु चीन घुडाँ नटेक्ने र परिआएको खण्डमा युद्धको लागि पनि पछि नहट्ने संकेत गरेको छ । वरु अन्तर्राष्ट्रिय समर्थन जुटाउन चीनको सक्रियता बढेको छ ।

यसअघि भेनेयुएलाका,युक्रेन लगायतका विषयमा आफ्नो कुटनितिक परिपक्वकता देखाउन नसकेको नेपालले कतै अहिले पनि त्यहि गल्ती दोहोर्याउने त हैन भन्ने विषयमा स्वयम चीन र नेपालका राजनीतिक दलहरु समेत सतर्क देखिएका छन । यसलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल नेपाल मजदुर किसान पार्टी र सत्ता घटक दल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाले समेत आफूहरु एक चीन नितिमा प्रतिवद्ध रहेको जनाएका छन ।

तर सरकारको बढ्दो पश्चिम ढल्काई र सोहि अनुसारका सल्लाहाकार नियुक्तीले चीन विश्वस्त देखिएको छैन । फलत ः चीनीया राजदूत होउ यान्छीले आफ्नो दौडधुप बढाएकी छिन । पेलोसीको ताइवान भ्रमणबारे ट्विटरमार्फत टिप्पणी सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहने विश्वास व्यक्त गरेकी छिन् ।

चीनले एक चीन नीतिप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ भन्दै उहाँले यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि रहेको बताएकी थिईन । यहिवीचमा यान्छीले गृहमन्त्री वालकृष्ण खाँडसंग शिष्टाचार भेट गरेकी छन । भेटमा गृहमन्त्री खाँडले पनि नेपाल एक चीन नीतिका पक्षमा रहेको दोहोर्याएका छन ।

त्यस्तै परराष्ट्र मन्त्रालयले पनिचीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । नेपाल एक चीन नीतिको समर्थन गर्दै आएको बताएकी प्रवक्ता सेवा लम्सालले नेपालले दुवै मुलुकको सम्मान गर्दै आएको बताएकी छन ।

यता रुस युक्रेन युद्धमा युक्रेनको पक्षमा उभिएर रुसलाई चिड्याएको नेपालका लागि चीन अमेरिका बीचको जुँगाको लडाईमा कहाँ उभिने भन्ने चुनौती छ । घरेलु राजनीतिक स्वार्थ बोकेका गठबन्धनका नेताहरु शेरवहादुर देउवा र पुष्पकमल दाहालनै यो विषयमा विभाजित हुने संकेत देखिएको छ ।कतिपयले कुनै पनि देशको सार्वभौम सत्तामाथिको हस्तक्षेपका वेला चुप लागे भोली आफ्नो संकटको घडीमा कस्को साथ माग्ने भन्ने तर्क समेत गरेका छन ।

तर परराष्ट्र मामलाका जानकार डा.शम्भुराम सिम्खडा भने नेताअनुसारको कुटनिति हुने अवस्थाको अन्त्य हुनुपर्ने बताउछन । ताईवानका विषयमा आफू एकचिन नितिमा रहेको प्रष्ट पार्नुपर्ने बताउने उनी दुई देशवीचको द्वन्दको छिटा नेपालमा पर्न नहुनेमा अमेरिकालाई पनि बुझाउनुपर्ने बताउछन ।

हुुन त नेपाल एक चीन नितिमा प्रष्ट रहेकोमा शंका नगर्न सरकारको नेतृत्व गर्नेहरुले बारम्बार बताँउदै आएकै हुन । तर उनीहरुको गतिविधि त्यो अनुरुप देखिने गरेका छैनन् । त्यसमाथि पनि अमेरिकाको बढ्दोे प्रभावबाट बचेर कसरी कुटनितिक चातुर्यता सरकारले प्रस्तुत गर्छ त्यो अहिलेको चासोको विषय बनेको छ ।