Breaking

ढुंगा गिटी निकासीको चौतर्फी विरोध, मुख्यमन्त्री राईले गरे बचाउ


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताएका छन् । ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको बचाउ गरेका हुन् ।

ढुङ्गा गिटी निकासी गर्नु उपयुक्त भए पनि चुरे संरक्षणको विषयमा प्रदेश सरकार स्पष्ट रहेको उनको भनाइ छ । ‘हामीसँग धेरै प्राकृतिक स्रोतहरु छन् चुरेबाहेकका ठाउँमा, त्यहाँका सामग्री निकाल्न सकिन्छ,’ उनले भने, ‘हामीलाई चाहिएको भन्दा बढी सामग्री निकासी गर्न पनि सकिन्छ होला ।’