Breaking

टी–ट्वान्टी सिरिजमा बंगलादेशसँग अष्ट्रेलियाको लज्जास्पद हार



काठमाडौँ –बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको छ । पाँच खेलको टी–ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४–१ ले जितेको छ ।

गएराति भएको अन्तिम तथा पाँचौ टी–ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गरेको छ ।बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रनमै अलआउट भयो ।