Breaking

जनमत नै नभएकालाई भित्र्याएर रमाउँदै ओली, गठबन्धनविरुद्ध लड्न ढोडको वैशाखी, गालीगलौजकै भरमा जित्लान् चुनाव ?


काठमाडौँ — आगामी निर्वाचनमा गठबन्धन नगर्ने रणनितिमा रहेको नेकपा एमालेले नयाँ अनुहार भित्राउने क्रमलाई तिव्र पारेको छ । रणनितिक रुपमा सत्तागठबन्धनविरुद्ध लड्न खासै वल नपुग्ने भएपछि चुनावको मुखमा हुने पार्टी परिवर्तनको परम्परागत प्रचलनलाई भजाउने प्रयासमा एमाले देखिएको हो । स्थानीय निर्वाचन ताका पहिले सत्ता गठबन्धन तोड्ने प्रयास गरेका एमाले अध्यक्ष केपी शर्मा ओली माधव प्रचण्डलाई गाली गर्नमै सिमित थिए ।

आफूले चाहे एक हप्तामा गठबन्धन तोडिने भन्दै मनोवैज्ञानिक दवाव दिने उनी शायद गालीकै भरमा चुनाव जित्नेमा उनी ढुक्क थिए । योसंगै उनले नयाँलाई भित्राउने र टिकट दिने रणनितिपनि अघि सारे । तर स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकै दलकावीच एक आपसमा प्रतिस्पर्धाको अवस्था र केहि स्थानमा सत्ताघटकले एमालेसंगै तालमेल गरेपनि गठबन्धन टुटेन । बरु उत्साहजक नतिजा गठबन्धनले ल्यायो भने एमाले खुम्चियो ।

ओलीले पार्टी भित्राएर छानीछानी टिकट दिएकैहरुले नै पराजय व्यहोरे । एकातर्फ धेरै जना एमाले प्रवेश गरेको भान पार्ने र गाली गरेकै भरमा चुनाव जित्ने उनको सपनामा खेर गयो । देखिएको ठुलो संख्या केवल स्वार्थका लागि मिसिएको प्रमाणित भयो भने यसैका कारण पार्टीभित्र अन्र्तघात पनि बढ्यो । अहिले पनि ओली गठबन्धन फुट्ने आशामै थिए । तर परिस्थिती सो अनुरुप नबनेपछि पार्टी प्रवेश अभियानमा नै ओलीले जोड दिन थालेका छन् । ओलीले यसलाई यसरी प्रचार गरिरहेका छन कि आफ्नो पार्टीमा प्रवेश गर्नेको लाईन नै लागेको तथा माओवादी र एकीकृत समाजवादी रित्तिन थालेको टिप्पणी गरेका छन ।

सामाजिक सञ्जालमा बृहत ‘साइबर सेनाको ग्याङ्’ बनाएर पार्टीको व्यापक प्रचार गरेको दावी गर्ने एमालेले स्थनीय तह निर्वाचन काठमाडौंमै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित्ने अनुमान समेत गरेको थिएन । बरु कोर एरियाको भरमा बसेका उनीहरु अहिले पनि बहुमत पाउने दावी गरिरहेका छन । वास्तविकतामा अघि बढ्ने भन्दा सवेन्द्र खनाल जस्ता विवादास्पद छवीका व्यक्तिलाई पार्टी प्रवेश गराएकोमा एमाले रमाइरहेको छ ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका पूर्व महामन्त्री रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्दै गर्दा ओलीको छाया पाउने आशा राखेका छन । प्रहरी प्रमुख हुँदा पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेका उनले यो अवसरले हर्षविभोर भएको बताएका छन भने एमाले पनि यस्तैको भरमा चुनाव जित्ने आशा छ । जसलाई एमालेले आफ्नो दलप्रतिको आर्कषणको लस्कर भनेको छ जो संग उनीहरु बहेक अन्य कार्यकता समेत छैनन् ।

स्थानीय तहमा हारको मुख्य कारण अन्तर्घात रहेको एमालेको बुझाईका वीच यो अवस्था आउनुमा चुनावअघि नयाँ अनुहार प्रवेश गराउने र टिकट दिने कुरालाई कारण मानिएको थियो । अहिले पनि यहि गल्ती एमाले दोहोर्याइरहेको छ । एकातर्फ गठबन्धन संग र स्वतन्त्र दुवैसंग लड्नुपर्ने चुनौती र अर्कातर्फ जनमत नभएका नन्दीभिरिङी वोकेर र उसैलाई अवसर दिएर चुनाव जित्ने दिवा स्वप्नाले एमालेलाई संघीय निर्वाचनमा समेत धक्का नलाग्ला भन्न सकिँदैन ,।