Breaking

चक्रवात ‘ताउ ते’को प्रभाव : , चट्याङ्सहित वर्षाको सम्भावना


काठमाडौँ – भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गएकाले मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।