विदेश

ग्रीसमा फैलिएको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेन, हजारौं हेक्टरको जंगल जलेर नष्ट


काठमाडौँ – ग्रीसमा फैलिएको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेपनि डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो । डढेलोका कारण एक अग्नी नियन्त्रक सहित २ जनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीन वटा जंगलमा डढेलो फैलिएकोले नियन्त्रण गर्न कठिन भएको हो ।

आगलागीले हजारौं हेक्टरको जंगल जलेर नष्ट भएका छन् । अत्याधिक गर्मी तथा हावाका कारण आगो निभाउन कठिन भएको अधिकारीहरुले जनाएका छन् ।