मिङमा शेर्पाले ल्याए ‘ल्होसम्बा लेसुङ’ म्युजिक भिडियो
योहो संवाददाता
- today2021-01-21 14:50:16
काठमाडौँ – मिङमा शेर्पाको निर्देशनमा ‘ल्होसम्बा लेसुङ’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शेर्पा समुदायको राष्ट्रिय चाड तथा नयाँ वर्ष ‘च्याक् मो लाङ लो’ (फलाम–स्त्री–गोरु वर्ष) २१४८ औं ग्याल्पो लोसारको अवसरमा पारी माई क्रिएसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो बिहीबार काठमाडौँमा कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
सोनाम शेर्पा कहानी र कुङ्ग शेर्पाको शब्द तथा पदम राजु कार्कीको संगीत संयोजन रहेको गीतमा फुर्वा शेर्पाको स्वर सुन्न सकिन्छ । भिडियोको सम्पादन मिङमा शेर्पाले गरेका हुन् ।
म्युजिक भिडियोमा नायक कुङ्ग शेर्पा, नव शेर्पा कमेडियन ङिमा गेलु शेर्पा, ल्हमु शेर्पा र आङ छेलिङ शेर्पाको अभिनय रहेको छ । साथै पासाङ शेर्पा, दावा शेर्पा लगायतलाई पनि देख्न सकिन्छ । दर्शकले गीत रुचाउनेमा विश्वस्त रहेको निर्देशक मिङमाको भनाइ छ । म्युजिक भिडियोको छायाङ्कन सोलुखुम्बुको केरुङ र च्याल्साका विभिन्न स्थानमा गरिएको छ । म्युजिक भिडियो माई क्रियसन मिडियामार्फत बिहीबारदेखि बजारमा आएको नायक कुङ्ग शेर्पाले बताउनुभयो ।
गीतमा ल्हो को अर्थ वर्ष, सम्बको अर्थ नयाँ र लेसङ भन्नाले आयो भन्ने बुझिन्छ । यसपालि कोरोना भाइरस संक्रमणका कारण सामूहिक रूपमा लोसार मनाउने अवस्था नरहेकाले परिवारमा नै रहेर यो गीतामार्फत मनोरञ्जन दिने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको निर्देशक शेर्पाले जानकारी दिनुभयो । ‘शेर्पा समुदायको महत्त्वपूर्ण चाड लोसार मनाउने अवस्था छैन’ उहाँले भन्नुभयो, ‘ यो भिडियोले थौरे भए पनि लोसारको अनुभूति दिनेछ भने विश्वास लिएको छु ।’