Breaking

गठबन्धनभित्र सिट बाँडफाँडको चुनौती,मौका हेर्दै ओली,के एक्लै भिड्न सक्ला त एमाले ?


काठमाडौँ — प्रदेश र संसदको निर्वाचनमिति घोषणाभएसंगै दलहरु निर्वाचन केन्द्रीततयारीमालागेका छन । प्रमुखप्रतिपक्षले सम्भावित समिकरणको खोजीगर्दा सत्ता गठबन्धनले भने सिट वाँडफाडको विषयलाई अघि बढाएको छ । जसकालागिसत्तारूढ पाँचदलीयकार्यदलनै गठन गरेको छ।यताप्रमुखप्रतिपक्षीले पनि देशव्यापी रुपमाचुनावी दौडधुप बढाएको छ । सत्तारुढ गठबन्धनले संघीय निर्वाचनको मिति घोषणा हुनसाथसिट बाँडफाँडको तयारीलाई अघि बढाएको छ ।

उम्मेदवारलाई जनताको घरदैलोमापुग्ने प्रशस्त समय दिनप्रत्यक्षतर्फबाट १६५ सिटमा कुनदलले कहाँ सांसद उठाउने चाडो टुंगो लगाउनुपर्नेदवावमा रहेको गठबन्धनले यसकालागिकार्यदल नै गठन गरेको छ । गठबन्धनभित्रका मुख्य घटक कांग्रेस र माओवादीकेन्द्र वेलैमागठबन्धनमा जाने टुङ्गोमापुग्नुले समेत यसलाई सहज गराईदिएको छ । यद्यपीसिट बाँडफाँट भने चुनौतीपूर्ण छ। यसैको समाधानकालागिगठबन्धनको वैठकले ११ सदस्यीयकार्यदल गठन गरेको हो ।

कार्यदलमानेपालीकांग्रेसबाट महामन्त्रीगगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन्।यस्तै नेकपामाओवादी केन्द्रबाट नेताहरू वर्षमानपुन र देवप्रसाद गुरूङ छन् भने नेकपाएकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुरामभुषालपनिकार्यदलमामा समेटिएका छन ।

जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेमजोङर राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्दशर्मा रहेकोकार्यदलले साउनअन्तिमभित्र सिट बाँडफाँटबारे सहमति जुटाउनेछन । यद्यपीसरकारका प्रवक्ताकार्कीले भने कार्यदल गठनबारे जानकारी दिएनन् । उनले मंसिर ४ माहुने चुनावमा सत्ता गठबन्धनबीच चुनावीतालमेल गर्ने सहमतिभएको मात्रै बताएकाथिए।

यसअघिबाटै गठबन्धन आगामीनिर्वाचनमापनितालमेल गरेर अघि बढ्ने निर्णय भएपनिपाँचदलले शुक्रबार भने लिखित सहमति नै गरेर अघि बढेका छन । आफूहरु एकढिक्का रहेको र एमालेलाई पराजितगर्नतयार रहेको सन्देश दिनशिर्षस्थ नेताहरुद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गरेका उनीहरुले डा.बाबुराम भट्टराईलाई भने समेटेका छैनन् । त्यस्तै सरकारमाजाने भनेर चर्चा चलेको लोसपामापनियसमा समेटिएको छैन ।

तर सिट बाँडफाडमा गठबन्धनएकमतहुननसक्ने र त्यसैमा खेल्ने सक्ने आशामाएमाले रहेको छ । यसैको लागि दौडधुपमा रहेकाएमाले नेताहरुले दूषित गठबन्धन भत्काउनएमाले लागेको अभिव्यक्तीदिईरहेका छन । अहिलेको गठबन्धन संसदीयमूल्य र मान्यता रहेर नबनेको एमालेका नेता सुवासचन्द्र नेम्बाङको आरोप छ । निर्वाचनमाआफ्नाएजेन्डा लिएर जनताकाबीचमाजानएमालेले तयारी गरेको र आउने निर्वाचनमाजनताको आर्शिवाद रहनेमाविश्वस्तरहेको उनको भनाई छ । यताअध्यक्ष केपीशर्मा ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा नै दिएका छन । उनलेकांग्रेस–माओवादीमाथिनिरन्तर निगरानीगर्नुपर्ने समेत बताएका छन ।

०७४ को चुनावमामाओवादीसँग गठबन्धन गरेको एमालेअहिले एक्लै छ । यो नै अध्यक्षओलीकालागि सबैभन्दा ठूलो चुनौतीबनेको छ ।यहि कारण गठबन्धन फुटाउन अनेकप्रहार गर्नु उनकालागिमुख्यकाम नै बनेको छ ।तर सिट वाँडवाडका क्रममा देखिने नेतृत्वव्यवस्थापनको सकसले आफूलाई फाईदा पुग्ने उनको आशा छ । त्यस्तै माओवादी केन्द्र जता लाग्छ, त्यतै बहुमतपुग्ने र सरकार बन्ने परिस्थितिलाई पनिकतै प्रयोग गर्न सकिने विषयमापनिओलीअहिलेदेखि नै सतर्क देखिएकाछन । जुनआशानिरर्थक भएको सन्देश दिन सत्ता गठबन्धन लागेपनित्यो कतिदिनलाई हो यसै भन्न सकिने अवस्था छैन ।