Breaking

खोप केन्द्रमा थामिनसक्नु भीड, सीसीएमसीको निर्णय कति वैज्ञानिक ? (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रमा भिड लाग्न थालेको छ । एक हप्ता अघि खोप केन्द्रमा खोप लगाउने संख्या निकै कम थियो । तर, सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप केन्द्रमा भिड बढ्न थालेकोे हो ।

कोरोनाको पहिलो र दोस्रो लहरको सामाना गरिसकेका नेपालीले तेस्रो लहरको पनि सामना गर्नुपर्ने देखिन्छ । ओमिक्रोन भेरियन्ट तिब्र गतिमा फैलिएसँगै पंिगो विश्व नै तेस्रो लहरको जोखिममा रहेको छ । संक्रमणबाट बचाउन नेपाल सरकारले खोप अभियान चलाइ नै रहेको छ । केहि दिन अघि खोप केन्द्रमा खोप लगाउनेहरु आर्कषण कम थियो । धेरै जस्तो सर्वसाधारणले खोप लगाउन पाएका थिएनन् ।

तर, सरकारले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरेपछि खोप केन्द्रमा भिड थामिनसक्नु छ । धेरै जनामा के थियो भने खोप लगाए विरामी परिन्छ भन्ने डर र भ्रमका कारण पनि कतिपयले खोप लगाएका थिएनन् । आइतबार कोभीड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीको निर्णय सार्वजनिक भएसँगै तीन दिन देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा कोराना भाइरस विरुद्धको खोप लगाउन पुग्नेको चाप बढेको देखिन्छ ।

शुक्रराज अस्पतालमा कोभिसिल्ड, भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप दिइएको छ । सरकारले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । त्यसैले पनि खोप केन्द्रमा सर्वसाधारणको भीड बढ्दो छ ।

अव्यवस्थित बस्तीका कारण काठमाडौँ उपत्यका त्यसै पनि संक्रमणको जोखिममा रहेको छ, झनै लाइनहरू पनि अव्यवस्थित र मानिसहरूबीच आपसमा दूरी नहुँदा खोप केन्द्र नै कोरोनाको हटस्पट बन्ने खतरा देखिएको छ । खोप लगाउन लाइन बस्ने क्रममा पर्याप्त सावधानी नअपनाइए त्यहिबाट सक्रमण फैलने सम्भावनालाई नकार्न सकिदैन् ।