आर्मीको शानदार जित
योहो संवाददाता
- today2021-04-07 14:46:40
काठमाडौँ – नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङलाई हराउँदै एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
काठमाडौँको दशरथ रंगशालामा आज भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै त्रिभुवनले आर्मीले श्रीलंका पुलिसलाई ५–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थपेको हो ।