एन्फाद्वारा ६ महिने ए डिभिजन लिग सहितको वार्षिक क्यालेण्डर तयार
योहो संवाददाता
- today2021-01-10 11:45:21
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ महिने ए डिभिजन लिग सहितको वार्षिक क्यालेण्डर तयार पारेको छ । एन्फाको प्रतियोगिता कमिटीले शीर्ष डिभिजनको लिग सहित अर्को वर्षको वार्षिक क्यालेण्डर तयार पारेको जनाएको होे । एन्फाले आगामी वर्षको ए डिभिजन लिग भाद्रदेखि माघसम्म ६ महिना सञ्चालनको तयारी गरेको छ ।
जेठमा ४ राष्ट्र सम्मिलित महिलाको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, जेठदेखि असारमा शहिद स्मारक राष्ट्रिय सी डिभिजन लिगको छनोट र ललित स्मृति अण्डर १८ प्रतियोगिता सम्पन्न गर्ने एन्फाको योजना छ । यस्तै, ए डिभिजन लिग अघि एन्फा कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिने क्यालेन्डरमा उल्लेख छ ।
यस्तै, सहिद स्मारक राष्टिय ए डिभिजन लिग भदौदेखि माघसम्म, बी डिभिजन लिग पौषदेखि माघसम्म गर्ने तय भएको छ । यस्तै, विश्वकप छनोटको खेल चैत १३ र १७ गते आयोजना गर्ने र वार्षिक क्यालेन्डर तयार पारेको एन्फाले जनाएको छ । सम्पूर्ण खेल चैत १ गते शुरु भएर वैशाख ७ गते सम्पन्न हुनेछ ।