मनोरञ्जन

ड्रग्स लिएको स्वीकारे शाहरुखका छोरा आर्यनले


काठमाडौँ – भारतका चर्चित अभिनेत शाहरुख खानका छोरा आर्यनले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को पुछताछका क्रममा आर्यन र अरबाज मर्चेन्टले ड्रग्स लिने गरेको कबुल गरेका हुन् । उनले भने, ‘मैले चरेस पिउँछु ।’

आर्यनले चरेस खाने स्वीकार गरेपछि शुक्रबार किला कोर्टमा जमानतको लागि गरिएको अपील खारेज भएको छ । त्यहाबाट अपील खारेज भए पनि आर्यनका वकिल सतीश मानशिन्देले सेशन कोर्टमा अपील गर्ने बताएका छन् । क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले शुक्रबार ड्रग्स लिने गरेको बताएका थिए । सोमबार आर्यनको जमानतलाई लिएर नयाँ रणनीति बनाउने वकिलले बताएका छन् ।

एनसीबीले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मार्दा शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको थियो ।

यो पनि पढ्नुहोस्: शाहरुखका छोरा ड्रग्स केसमा पक्राउ