बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु
योहो संवाददाता
- today2021-01-19 08:03:40
काठमाडौँ–जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० का ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको बाँके संकट व्यवस्थापन केन्द्रले जानकारि दिएको छ । ७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति आफ्नै निवासमा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।