पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण
योहो संवाददाता
- today2021-02-22 11:50:43
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १२५ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ ।