Breaking

कोरोनाले नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण पुष्टि


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप २०३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५२० जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।आज देशभर ६ हजार १३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ५१६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।