Breaking

के वालेन असफल हुँदैछन फोहोर व्यवस्थापनमा ? किन बन्दै छ फोहोरको विषय झन जटिल ? के भन्छन् नेताहरु ?


काठमाडौँ — काठमाडौको सबैभन्दा टडकारो समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन झन् पेचिलो बन्दै गएको छ । सडक, सदन र अन्तराष्ट्रिय सन्चारमाध्यममा समेत चर्चामा रहेकोयो विषयको समाधान के भन्ने प्रश्न यतिवेला टड्कारो रुपमा उठेको छ । फोहोरको दिर्घकालिन व्यवस्थापनको मुख्यएजेन्डा लिएर काठमाडौको महानगरपालिकाको मेयरमा निर्वाचित वालेन्द्र शाहाका लागि अहिले यहि विषयले बेचैनी बनाएको छ । विशेषत राजनीतिक दलहरुले उनको कार्यक्षमतलाई फोहोर व्यवस्थापनमा जोड्न थालेका छन भने शाह निकटले यसलाई काम गर्न नदिने षडयन्त्रका रुपमा वुझेका छन ।

फोहोर माथिको चर्चा परिचर्चा यतिमा सिमित छैन । यसले सिसडोल र काठमाडौँका नागरिकवीच समेत रिसिईवीको अवस्था सिर्जना गरिदिएको छ भने सडक र सदनको विषय समेत बनेको छ । काठमाडौँ पुरातात्विक र ऐतिहासिक महत्वको शहरको यो कुरुप अवस्थाले अन्तराष्ट्रिय सन्चारमाध्ययमको समेत ध्यान आकृष्ट गरेको छ । यता आम सर्वसाधारणमा फोहोरका कारण महामारी फैलिने त हैन भन्ने डर समेत पैदा भएको छ ।

अव काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन केवल महानगरको मात्र विषय नभएको प्रष्ट हुन थालेको छ भने गर या मरको अवस्थामा सम्बन्धित निकायहरु पुगेका छन । उता बन्चरेडाँडाका नागरिकहरु भने महानगरसँग अन्तिमका लडाईका रुपमा लड्ने मनस्थितीमा पुगेका छन ।उनीहरु अव केहि वाचाहरु गरेर फोहोर व्यवस्थापन गर्न दिने बाट माथि उठ्दै कहिल्यै फोहोर व्यवस्थाप गर्न नदिने अवस्था पुगेका छन ।

प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद हितबहादुर तामाङले विगत १७ वर्षदेखि पटक पटक सम्झौता गरेर कार्यान्यन नगरेको भन्दै आपत्ति प्रकट गरेका छन । काठमाडौंको फोहोर मैलाको चर्चा मात्रै भएको तर समस्या समाधानतर्फ ध्यान नदिएको बताएका उनले१ सय ७४ सम्झौता भएपनि कार्यान्वयन नभएको टिप्पणी गरेका छन ।

सम्झौता प्रति स्थानीयको भरोस नहुँदा महानगर भने तत्काल केहि विकल्प नभएको भन्दै वल प्रयोग गरेरै भएपनि फोहार व्यवस्थापन गर्ने पक्षमा देखिएको छ । फलत ः आज बञ्चरेडाँडामा अवरोध हटाउन प्रहरीले हवाई फायर गरेको छ। यसले समाधान भन्दा टसल अझ बढ्ने देखिन्छ । यता विज्ञहरुले भनेप्रशासन लगाएर एक दुई सय गाडी फोहोर खसाल्दैमा दिर्घकालीन समस्या समाधान नहुने भन्दै दिगो व्यवस्थापन तर्फ लाग्न सुझाव दिदै आएका छन ।

तर तत्कालका यो सबै काम हुनसक्ने अवस्था छैन भने बन्चरेडाँडा क्षेत्रका राजनीतिक दलहरुले फोहोर फाल्न नदिने भनेर विज्ञप्ति नै जारी गरेका छन । यसले फोहोरमा राजनीति भएको तथा स्वतन्त्रलाई दवाउन राजनीतिक दलले षडयन्त्रका गरेको एक थरीको बुझाई छ । यसैको प्रतिक्रिया स्वरुपमा स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले फोहोर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार पुगेर विरोध गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि ट्वीट गर्दै फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु नहुने बताएका छन । शाहले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्ने भएपनि त्यतिञ्जेल विगतमा झै सबैले हरसंभव सहयोग गर्नपर्ने उनको भनाई छ । तर ठुला राजनीतिक दलका नेताहरुले भने यसलाई कसैसंग नभई मेयरको कार्याक्षमतासंग जोड्नुपर्ने बताँउदै आएका छन । काठमाण्डौ जस्तो महानगरको जिम्मेबारी वहन सहज नभएको बताँउने उनीहरु मुखै फोरेर र्याप गाए जस्तो फोहोर व्यवस्थापन सहज नभएको टिप्पणी गर्दै आएका छन ।

यता मेयर वालेन शाहले भने फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भएको बताँउदै आएका छन । अहिलेको देखिएको समस्या केवल सतही भएको टिप्पणी गरेका उनले राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको र झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यो अवस्था आउनुमै प्रश्न गरेका छन । २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था बन्नु र पूरै राज्य संरचना यस्तो निरीह बन्नुको पछाडी प्रश्न गरेका उनले यसमा माथिल्लो तहको पनि साथ सहयोग आवश्यक रहेको आशय व्यक्त गरेका छन ।