Breaking

केही दिन घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरपालिकाको अपिल


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउने सूचनामा उल्लेख छ । फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ–कुनामा फोहोर थुप्रिन सुरु भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनीस्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।