Breaking

केराउसमेत क्यानडा, अमेरिका र रसियाको खान्छन् नेपाली, निर्यातको अवस्था दयानीय


काठमाडौँ – नेपाल कृषि प्रधान देश भएतापनि वर्षेनी करोडौँको कृषिजन्य वस्तुहरु भारत लगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ । नेपालबाट भने सबैभन्दा बढी भटमासको तेल निर्यात हुन्छ । तर पछिल्लो समय नेपालमा भटमासको उत्पादन देशको माग धान्ने पनि पर्याप्त छैन । कस्तो त छ निर्यातको अवस्था ?

नेपालबाट केही वर्षअघिसम्म ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुने गर्दथ्योे । पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएपछि नेपालको निर्यात पनि सुक्न पुग्यो । अहिले पाम आयलको ठाउँ सोयाबिन आयल अर्थात भटमासको तेलले लिएको छ । नेपालमा वर्षको २८ हजार २५३ टन भटमास फल्छ । तर गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा भटमासको तेल नम्बर एकमा परेको छ । खासमा नेपालमा पाम आयल, भटमासको तेल, सुपारी, छोकडा, केराउ, मरिच जस्ता वस्तु केही उत्पादन नै हुँदैनन, केही आन्तरिक माग पूरा गर्न पनि पर्याप्त नहुने गरी उत्पादन हुन्छन् । तर यस्तै वस्तुको माग भारतमा धेरै छ ।

नेपालले गत आर्थिक वर्षमा ५३ अर्ब ३८ करोड रुपैयाँ बराबरको भटमासको तेल आयात गरेको थियो । निर्यात चाहिँ ५३ अर्ब ६५ करोड बराबरको गरेको छ । अर्थात भटमासको आयात निर्यातबाट मुलुकले प्राप्त गरेको १० करोड मात्रै हो । अहिले भटमासको तेलको आयात निर्यातको व्यापार फस्टाए झै पहिले पाम आयल र त्यसअघि सुपारीको व्यापार फस्टाएको थियो । अहिले पनि नेपालमा अर्बौ रुपैयाँको केराउ, सुपारी, छोकडा, मरिच आयात भइरहेको छ । नेपाली बजारको आवश्यकताभन्दा बढी यस्ता वस्तु आयात त हुन्छन् तर निर्यात भएको तथ्यांक चाहिँ भेटिदैन । नेपालमा क्यानडा, अमेरिका र रसियाबाट समेत केराउ आयात भइरहेको छ । भियतनामबाट मरिच आयात हुन्छ । अनौपचारिक रुपबाट निर्यात चाहिँ भारततिरै हुन्छ । आर्थिक वर्ष ७७ ÷७८ मा सवा एक अर्ब बराबरको सुपारी आयात गरियो । नेपालले वर्षको ८० अर्ब त बाँझो खेतमा धान, मकै गहुँ रोपेर जोगाउन सक्छ । अहिले वर्षको ८० अर्ब रुपैयाँ धान, मकै, गहुँ जस्ता अन्न खरिदका लागि विदेश पुगिरहेको छ ।