Breaking

कास्कीमा गोरु काट्दै गरेको अवस्थामा पाँचजना पक्राउ


काठमाडौँ – गोरु काट्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ कस्केरीस्थित हाइमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय कुलबहादुर बिकलगायत पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कुसहित फेला पारी पक्राउ गरेको हो ।