Breaking

काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाई गरिने



काठमाडौँ – आजको दिनमा नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ जना रहेको छ ।

अहिलेसम्म ९ हजार ८ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ । दैनिक संक्रमितको संख्या ३ हजारभन्दा माथि छ । यस्तो अवस्थामा संक्रमणको जोखिम कायमै छ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा पनि भोलि सकिदैछ । आजै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लम्ब्याउने निश्चित छ । तर खुकुलो बनाइएको निषेधाज्ञा थप कडा गर्ने सम्भावना बढेर गएको छ ।

सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०को बैठकमा पनि निषेधाज्ञा कडाई गर्ने विषयमा छलफल भएको थियो । यससम्बन्धमा आज साँझसम्म निर्णय नै हुने बताइएको छ । आजदेखि निषेधाज्ञा पालना भए नभएको अनुगमनमा थप कडाइ गर्ने तयारी पनि भइरहेको छ ।

सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ ।