Breaking

काठमाडौँ उपत्यकामा संक्रमण घट्यो, थप ६०७ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्‍यु भएको छ ।