Breaking

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, थप ७७० जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् भने २३ जनाको मृत्‍यु भएको छ ।