Breaking

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ३४९ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार शुक्रबार मात्रै देशभर ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् भने २०३ जनाको ज्यान गएको छ ।