Breaking

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९२४ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बुधबार मात्रै देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको छ ।