Breaking

काठमाडौँ उपत्यकामा जोखिम बढ्यो, थप १ हजार ७५ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्‍यु भएको छ ।