Breaking

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका फेरबदलको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो पदाधिकारी बैठक बोलाएको सचिवालयले जनाएको छ ।

बैठकमा महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा छलफल हुनेछ । देउवा महाधिवेशन केही समय सार्ने मनिस्थितिमा रहनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने माग गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि देउवाले सचिवालय बैठक बोलाएको कांग्रेस नेताहरूले बताएका छन् । महाधिवेशनको समय नजिकिदै गर्दा देउवा कानुन व्यवसायी, निर्वाचन आयोग र नेताहरूसँग परामर्श गर्नुभएको छ ।