Breaking

कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन


काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नीको निधन भएको छ । नेता गच्छदारकी पत्नीको निर्मला गच्छदारको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको निधन बारे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणपछि ​निर्मलालाई २ साताअघि अस्पताल भर्ना गरिएको थियो । काग्रेंसका नेता तथा पुर्व मन्त्री मीन विश्वकर्माले निर्मला भाउजु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समबेदना ब्यक्त गरेका छन् । विश्वकर्माका अनुसार मृगौला र कलेजोको समस्यापछि उनलाई ६ महिनाअघि भारतमा उपचार गरि ल्याइएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले गच्छदारको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।