Breaking

काँग्रेस सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता



काठमाडौँ – बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर एमालेका कार्यकर्ताले मुद्दा दर्ता गराएका हुन् । भारतमा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरे भने नेपालमा नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

ओलीको हत्या गर्न कोही तयार नभए आफै नाथुराम गोड्से बन्ने भन्दै बागमति प्रदेश सभामै सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।