समाचार

एनआरएनले बोलायो आकस्मिक बैठक


काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) ले आकस्मिक बैठक बोलाएको छ। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि एनआरएनले बैठक बोलाएको हो ।
महामारीका बेला संघको तर्फबाट भइआएका सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले बैठक बोलाइएको संघका महासचिव डा.हेमराज शर्माले जनाए। बैठकमा विश्वभर छरिएर रहेका मेडिकल डाक्टर, नर्स र नेपालको हेल्थ अथोरिटीसँग विभिन्न चरणमा छलफल गरी स्वास्थ्य समितिले वर्तमान अवस्थाको समीक्षा गर्नेछ।