Breaking

उद्योगी गैरेको निधनप्रति देउवाद्वारा दुख व्यक्त


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उनले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनिप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका– ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै कांग्रेसले उनको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।