Breaking

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमान विचको खेल जारी


काठमाडौँ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तरगत नेपाल र ओमान विचको खेल जारी छ ।

टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले आजको खेलमा हिजो अमेरिकासँगको खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । हिजो अमेरिकालाई हराएको नेपाल आजको खेलमा उच्च मनोबलका साथ प्रस्तुत हुनेछ ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।