Breaking

अर्थमन्त्रीले अधिकारको दुरुपयोग गरे, अब कानुन परिवर्तन गर्नुपर्छ


काठमाडौँ — अर्थमन्त्रीले बजेट निर्माणको क्रममा करका दर स्वतन्त्र रुपमातलमाथि हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नु पर्ने आवाज उठ्न थालेको छ । अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग भएको भन्दै कानुन नै परिवर्तन हुनु पर्ने विश्लेषण हुनथालेको छ । एउटै बजेटमा पाँच सय ५० वटा वस्तुको करका दर हेरफेर गरेको र त्यो प्रयोजनकालागिकुनै अनाधिकृत व्यक्तिलाई जिम्मादिएको भनीआरोप लागेका अर्थमन्त्रीआफैँले राजीनामादिएको २६ औँ दिनमापुनःत्यहीपदमानियुक्तभए ।

तर आमतहमाउनको यो पुनरागमन सहजमानिएको छैन । फलत, अर्थमन्त्रीको स्वतन्त्रतामाथी नै प्रश्न उठ्न थालेको छ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतनगर्नु पर्ने धारणा राख्छन् । अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तलमाथिदुवै हेरफेर गर्ने विषयमाभन्दापनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयले स्वतन्त्रतालाई कानुनले बाध्नु पर्ने उनको धारणा छ ।

अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्ने विषयमा कसैलाई सोध्नु नपर्ने, स्वतन्त्र रहने व्यवस्थाले सिमितव्यवसायीक घराना, कुनै एक व्यक्तीलाई फाइदा र अरुलाई नोक्शानीपुग्ने कामभइरहेको उनको गुनासो छ ।

त्यस्तै नेपालीकाँग्रेसका नेता डा. मिनेन्द्र रिजालपनिअर्थमन्त्रीले बजेट निर्माणको क्रममा करका दर स्वतन्त्र रुपमातलमाथि हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । वर्तमानअवस्थाको करका दर अर्थमन्त्रीले तलमाथिदुवै हेरफेर गर्न पाउने व्यवस्थाकायम रहँदा बजेटमा जे ल्याएपनिहुने अवस्थाभएको उनको जिकिर छ । चालु आर्थिक वर्षको बजेटमा भएको विषयमात्रै नभएर यस्तो विषयमा संसद गम्भीर भएर कानुनीनीति परिवर्तन गर्न आवस्यकभएको उनको धारणा छ ।

अर्थमन्त्रीले स्वतन्त्र रुपमा बजेट बनाउन र बनीसकेको बजेटका प्रावधान राता रात परिवर्तन गर्न पाउने अधिकारले लोकतान्त्रीकमुलुकमाकुनै एक व्यत्तीलाई अधिकार दिएको विषयले नागरीकमायतिवेलाचासो बढेको छ । नागरिकको यो बुझाइकतैबाट खण्डन भएको छैन । यो खण्डन हुने विषयपनिहोेइन । यो विषय करका दर फेरिएको मात्रै होइनत्यसले राष्ट्रलाई घात पुग्ने कामभएको अवस्था छ । यस्तो बेला अर्थमन्त्रीलाई दिएको अधिकार परिवर्तन गर्नु पर्ने जरुरी देखिएको छ ।