Breaking

अमेरिकी सेनाले काबुल विमानस्थलमा चलायो गोली, कम्तिमा ५ जनाको मृत्यु



काडमाडौँ – आज अमेरिकी सेनाले अफगानिस्तानको काबुल विमानस्थलमा गोली चलाएको छ । सेनाको गोली लागेर कम्तिमा ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा चर्को भीड देखिएको हो । विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएको जनाइएको छ ।