Breaking

अब बाबुराम र वामदेव माओवादीका नेता ! के समाजवादी केन्द्र स्थापनको जग बसेको हो ?


काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आजबाट सकिएको छ ।साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएकोमानिर्वाचन प्रयोजनका लागि आयोगमा ७६ ओटा दल मात्र दर्ता भएका छन । जसमा प्रचण्ड र बाबुराम र वामदेवले संयुक्त दल दर्ता गरेका छन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम आजसम्म ७६ दल दर्ता भएका छन ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले गत साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । गत साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नपर्ने व्यवस्था छ ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये चुनावमा भाग लिन आयोगमा हालसम्म ७६ दल दर्ता भएको आयोगले बताएको छ । आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भएकामा बाँकि दल मंगलबार थपिएका हुन ।मंगलबार दल दर्ता गर्नेमा नेपाली कांग्रेस र विवेकशील साझा पार्टी र अन्य साना दल रहेका छन ।माओवादी र नेपाल समाजवादी पार्टी तथा नेपाल राष्ट्रिय एकता अभियानले मंगलबार फेरि संयुक्त रुपमा आवेदन दिएका छन् ।

माओवादी र नेपाल समाजवादी पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ मा व्यवस्थाको सुविधाको प्रयोग गरेका हुन । सो व्यवस्था अनुसार मोर्चाबन्दी गरेर निर्वाचन लड्ने दलले संयुक्त रुपमा निर्वाचन आयोगमा आवेदन दिनुपर्ने प्रावधान छ भने त्यसका लागि उनीहरुले आ–आफ्नो केन्द्रिय समितिबाट छुट्टाछुट्टै निर्णय गराउनुपर्ने उल्लेख गरिएको छ ।

तर माओवादी केन्द्रले केही दिनअघि नै निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आवेदन दिइसकेकोले नयाँ सहमति पछि माओवादी,नेपाल समाजवादी र नेपाल राष्ट्रिय एकता अभियानले मंगलबार फेरि संयुक्त रुपमा आवेदन दिएका हुन् । यससंगै डा.बाबुराम भट्टराई र वामदेव गौतमले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन ।

नयाँ आवदेनसंगै अब माओवादी केन्द्रको यसअघिको निवेदन रद्ध गरेर नयाँ दर्ता भएकोे संयुक्त आवेदनलाई अघि बढाउने तयारी आयोगले गरेको छ । यो सगै अव डा. बाबुराम भट्टराई र बामदेव गौतम चुवाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा हुने छ भने निर्वाचित भएमा उनीहरु हैषियत पनि माओवादी केन्द्रकोसांसदको हुनेछन् । त्यस्तै उनीहरुको दलकासमानुपातिकमा निर्वाचित हुने सांसदहरु समेत माओवादी केन्द्रका सांसद मानिनेछन् ।

उनीहरुलेमाओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने सुविधालाई आफ्नो हितमा प्रयोग गर्ने तयारी गरेपनि सांसद निर्वाचित भएपनि उनीहरु मूल दलमा फर्किन खोजेमा दल त्यागको कारबाही आकर्षित हुन्छ । यसको अर्थ बाबुरामको यो कदमलाई पुरानै घरमा फर्किएको रुपमा अथ्र्याईएको छ भने वामदेवको पनि सोहि निर्णयले प्रस्तावित समाजवादी केन्द्रको जग निर्माण सुरु भएको समेत विश्लेषण सुरु भएको छ । यसले एमाले बाहेकका कम्युनिष्ट वा पूर्व नेकपाका एक हुने अवस्था सिर्जना हुने अवस्था विकास भएको धेरैको बुझाई छ । तर यसलाई आफूहरुले स्वभाविक रुपमा लिएको कांग्रेस उपसभापती धनराज गुरुङले बताएका छन ।

दल दर्तासंगै नयाँ राजनीतिक समिकरणको पूर्वाभ्यास समेत देखिएको छ । यद्यपी समाजवादी केन्द्र गठनले पनि पाँच दलिय गठबन्धनमा नटुट्ने नेताहरुले बताँउदै आएका छन । उता एमाले एक्लिदै गएको देखिन थालेको छ भने सिट बाँडफाड र आगामी निर्वाचन पश्चात पूर्वानुमानित परिस्थितीमा पनि व्यापक परिवर्तन हुन सक्ने यसले संकेत गरेको छ ।