मौसम

अबको एक–दुई दिन पानी पर्ने सम्भावना


काठमाडौँ – आज पश्चिमी क्षेत्रका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

पश्चिमी क्षेत्रबाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यमखालको वर्षा हुनेछ। प्रदेश–१ मा अहिले पनि पानी परिरहेको छ। यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पानी पर्ने सम्भावना रहेको छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एकरदुई दिन नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।