Breaking

अफगान नागरिक यसकारण डराउँछन् तालिवानसँग



काठमाडौँ – करिब २० वर्ष अगाडि सत्ताबाट बाहिरिएको तालिवानले फेरी अफगानिस्तानमा शाषन गर्ने निश्चित भएको छ । विगतमा तालिवानले लागु गरेको कतिपय कडा नियम फेरी दोहोर्याउने हो कि भन्ने चिन्ता अफगान नागरिमा देखिन्छ । जसले गर्दा त्यहाँबाट विदेशी नागरिक मात्रै होइन, अफगान नागरिक पनि देश छोड्न थालेका छन् ।

सन् १९९६ मा अफ्गानीस्ताको तत्कालीन शासक मुजाहीदीनलाई हराएर तालीवान पहिलो सत्तामा पुगेको थियो । त्यतीखेर अफ्गानी तालीवानका शासक मुल्ला मोहम्मद उमर थिए । समय बित्दै जादाँ तालीवानले अफ्गानीस्तानको सम्पुर्ण शासन कट्टर इस्लामीक कानुन सरीयतमा आधारित भएर गर्न थाल्यो ।

तालीवानको शासन कालमा हत्या र व्याभिचारका दोषीलाई सार्वजनिक रुपमा फाँसी दिने र चोरीको मामिलामा दोषीलाई अंगभंग गरिदिने जस्ता सजायँ समावेश थिए । पुरुषका लागि दाह्री र महिलाका लागि पूरा शरीर ढाक्ने बुर्काको प्रयोग अनिवार्य गरियो । तालिबानले टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाइदिए ।

्१० वर्ष र सोभन्दा बढी उमेरका किशोरीहरुलाई स्कूल जान रोक लगाइयो । महीलाहरुलाई कामकाजमा पनि तालीवानले रोक लगाएको थियो । तालीवाननी शासनकालमा अफ्गानीस्तानमा रहेका विदेश नागरीकलाई जबरजस्ती देश बाहीर घचेटने र मारीदिने घटना सामान्य बन्न थाले ।

तालीवानी शासनप्रति असहमती जनाउने र विरोध गर्नेहरु लाई जेलमा राख्ने तथा गोली ठोक्ने घटना हुन थालेका थिए ।
त्यसैले यसपटक पनि पुनः तालिवानले सत्ता संचालन गरेपछि त्यसबेलाकै जस्तो कडा निमय लगाउँछन् कि भन्ने त्रास अफगान नागरिकमा देखिन्छ ।