काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो ।
अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता हुनु र तालिवान सत्तामा आएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको उनको भनाई छ । उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने खानको सुझाव थियो ।
प्रतिक्रिया