विदेश

अफगानिस्तानबाट सेना फिर्ता लिएपछि अमेरिकी राष्ट्रपतिले दिए यस्तो प्रतिक्रिया


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप नभएको बताएका छन् । अमेरिकी सेना फिर्तापछि तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।

अफगानिस्तानले अझै पनि हवाइ सहायता प्रदान, अफगानी सैनिकको तलब भुक्तान र सैनिकलाई भोजन र उपकरणको आपूर्ति गरिरहेको उनको भनाइ थियो । बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह पनि गरेका छन् । तालिबानले कैयौँ राजधानी कब्जा गरिसकेको छ भने आक्रमणलाई निरन्तरता दिइरहेको छ ।