विदेश

अफगानिस्तानको प्रान्तिय राजधानी विद्रोहीको नियन्त्रणमा


काठमाडौँ – तालिवानी विद्रोही समूहले दक्षिण पश्चिम अफगानिस्तानको प्रान्तिय राजधानी नियन्त्रणमा लिएको छ । पछिल्लो समय हिंसात्मक गतिविधि तीव्र पारेको विद्रोही समूहले दक्षिण पश्चिम अफगानिस्तानको निम्रोज प्रान्तिय राजधानी जन्जरा आफ्नो नियन्त्रणमा रहेको गरेको दावी छ ।

अमेरिकी सेना फिर्ता भएसँगै सशस्त्र गतिविधिलाई तीव्र पारेको तालिवानी समूहले ग्रामीण क्षेत्रमा पकड जमाएसँगै सहर केन्द्रीत आक्रमण थालेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । यस्तै विद्रोही समूहले हेरात, कन्धार र लश्करलगायतका प्रान्तिय राजधानी पनि विद्रोहीले आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यता अफगानिस्तानको अवस्था नाजुक भन्दै गएको भन्दै विभिन्न राष्ट्रले आफ्ना कुटनीतिक नियोगका कर्मचारी स्वदेश फिर्ता बोलाउने तयारी गरेका छन् ।