विदेश

अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रण लिने प्रयासमा तालिवान


काठमाडौँ – अफगानिस्तानका प्रमुख तीन शहरमा तालिवान लडाकु र सरकारी सेनाबीच भिडन्त भइरहेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त भइरहेको बिबिसीले जनाएको छ ।

सरकारी सेनाबाट खोसेर ती शहर आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिवान लडाकु रहेका छन् । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिवान लडाकु सरकारी सेनासँग भिडन्तमा उत्रिएका छन् । अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिवानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र रुपमा बिस्तार गरेको छ । तर, प्रमुख शहरहरु भने अझै पनि सरकारी सेनाको नियन्त्रण रहेका छ । सरकार सेना र तालिवान बिद्रोहीबीचको निरन्तरको भिडन्तले गम्भीर मानवीय संकट आउन सक्ने अधिकारकर्मीहरूले बताएका छन् ।