Breaking

अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्छ : नर्भिक अस्पताल


काठमाडौँ — राजधानीस्थित नर्भिक अस्पतालले बुधबार एक विज्ञप्ति प्रेस जारी गर्दै अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसागै अस्पतालमा अक्सिजनको अभाव चरम बन्दै गएको छ । संक्रमितको संख्या त बढेको छ नै यस्तो अवस्थामा अभिभावकको भूमिका खेल्नु पर्ने राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको उनको भनाई छ । सीसीएमसीले तोकिएअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।

असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनेर अस्पताल प्रयत्नशील रहेको र नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गरेको पनि बताएका छन् ।